नकाठमाडांै, कात्तिक ३० गते ।
नेपाल संवत् ११२८ तथा शुभ-दिपावली २०६४ को पुनित अवसरमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको बृहत चियापान कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रम त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो ।
र् वर्तमान तथा भूतपर्ूव राष्ट्रिय तथा अन्तर्रर्ााट्रय खेलाडीहरु र खेल सम्बद्ध व्यक्तिहरुबीच एक आपसमा भेटघाट गर्ने उदेश्यका साथ चियापान कार्यक्रम आयोजना गरिएको हो ।
नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्ले गत वर्षेखि यस प्रकारको कार्यक्रम शुरुवात गरेको हो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपाल, मानवअधिकारवादी नेता पद्यमरत्न तुलाधर, नेकपा एमालेका स्थायी कमिटी सदस्यर् इश्वर पोखरेल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रवबहादुर प्रधान, राष्ट्रिय संघका पदाधिकारीहरु, वर्तमान तथा पर्ूव राष्ट्रिय तथा अन्तर्रर्ााट्रय खेलाडीहरु, विभिन्न दलका नेताहरु, विभिन्न भातृ संगठानका युवा नेताहरु, व्यापारी, कर्मचारी, पत्रकार लगायत खेल प्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष सीताराम मास्के, सदस्य-सचिव जीवनराम श्रेष्ठ, कोषाध्यक्ष अजर मानन्धर तथा सदस्यलगायतका महनुभावहरुले आगुन्तुक महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।

|
काठमाडांै, कात्तिक २२ गते ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव जीवनराम श्रेष्ठले रिपब्लिक अफ कोरियाका राजदूत साङ् जुङ नामसंग आज रविभवनमा भेटी नेपाली खेलकुदको विविध पक्षबारे कुराकानी गर्नुभयो ।
सो अवसरमा भैरहवामा अन्तर्रर्ााट्रय स्तरको रंगशाला निर्माण, खेलाडीको स्तरबृद्धिका लागि प्रशिक्षकको आदन प्रदानलगायत विषयहरुमा छलफल भएको थियो । सदस्य-सचिव श्रेष्ठले मित्रराष्ट्र कोरियाले नेपाली खेलकुदका साथै तेक्वान्दो खेललाई पुर्याउ“दै आएको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
राजदूत नामले राष्ट्रिय खेलकुद परिषद्ले अघि सारेको भिजन २०२० को लक्ष्यलाई तेक्वान्दो खेलले साकार पार्न सक्ने धाराण व्यक्त गर्दै नेपाली खेलकुदको विकासमा आफ्नो सोच सदैव सकरात्मक रहेको बताउनुभएको थियो ।
सो अवसरमा नेपालस्थित कोरिया इन्टरनेसनल कोओपरेसन एजेन्सीका स्थाई प्रतिनिधि बोक हि किमको पनि उपस्थिति रहेको थियो । |